लुक्ला टिभी-
भिजन फर मोटिभेसनको आयोजनामा अन्तरास्ट्रिय नेपाली बिधार्थीको सहयोगार्थ कोष सङ्कलन कार्यक्रम हेल्प मातृभूमि च्यारिटी गाला डिनर यही जुन २२ मा रेड क्यसिकम फंग्सन सेन्टर रक्डेलमा आयोजना गरिने भएको छ ।
संगीत तथा मनोरन्जनको अभूतपूर्व संगम गाला डिनरमा र्याफलका साथमा सिड्नीका रहनुभएका कलाकारहरुलाइ सम्मानसहित प्रस्तुतिहरु राखिएको आयोजकले बताएको छ । २२ जुन साँझ ५:४५ बाट रेड क्यसिकम फंग्सन सेन्टर रक्डेलमा आयोजना गरिएको उक्त कार्यक्रम बाबा एजुकेसन कन्सल्टेन्सी तथा आर के यस अस्ट्रेलियाले भेन्यु प्रयोजन, एक्सेल्सिया कलेज कर्पोरेट पार्टनर, एङ्ग्लिश वाइज मेन्यु स्पोन्सर तथा साइन बिजनेस यडभाइजरि एकाउनटिंग पार्टनर रहेको छ ।
कार्यक्रममा उपस्थितिका लागि टिकेटहरुमा बिधार्थीका लागि २९ डलर, स्ट्यानडड ४९ डलर तथा भी आइ पी ९९ डलर तोकिएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया तथा कन्सुलेट जेनेरलको अफ नेपाल, एन यस डब्लु अस्ट्रेलियाको सहयोगमा संचालित उक्त कार्यक्रमको ड्रेस कोड फर्मल राखिएको छ ।
एक बर्ष पहिले हेल्प मातृभूमि नामक कार्यक्रमबाट नेपालको पर्बतमा रहेको मातृभूमि स्कुलका लागि कम्प्युटर ल्याबका लागि सहयोग पुर्याइएको थियो ।