Wednesday, February 26, 2020
Home > General News > अस्ट्रेलियाको जनसंख्या बढ्दो, जन्मदर भन्दा बसाइँसराइँ गर्नेको संख्या बढी

अस्ट्रेलियाको जनसंख्या बढ्दो, जन्मदर भन्दा बसाइँसराइँ गर्नेको संख्या बढी

अस्ट्रेलियामा अन्य महादेशबाट बसाइँसराइँ गर्नेहरुको संख्या बढ्दै जादा पहिलो पटक यँहाको जनसंख्या साढे २ करोड पुगेको अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।

बढ्दो जनसंख्याले देशलाइ घाटा गर्ला या नाफा गर्ला भन्ने बिसयमा अहिले यँहा छलफलहरु हुन थालेका छन् । विशेषगरी जनसंख्या बृद्धिसँगै सिड्नी र मेलबर्न शहरको अवस्था नाजुक भएकाले वैकल्पिक स्थानहरुको खोजीको पहलपनि सरकारले गर्न थालेको छ। अष्ट्रेलियन तथ्याङ्क विभागका अनुसार ६७ प्रतिशत जनसंख्या सिड्नी र मेलबर्नमा बसोबास गर्छन् ।

अधिक बसाइँसराइँ नै अष्ट्रेलियाको जनसंख्या बृद्धिको मुख्य कारण हो। हालै लिइएको तथ्यांक अनुसार अष्ट्रेलियामा ६२ प्रतिशत जनसंख्या बृद्धि बसाइँसराइँका कारण हुने गरेको पाइएको छ। बाँकी ३८ प्रतिशत जनसंख्या बृद्धि जन्मका कारण हुने गरेको छ। अष्ट्रेलियामा जन्मदर ज्यादा र मृत्युदर भने न्यून रहेको अनुसन्धानको निष्कर्ष छ। अध्ययनका अनुसार अष्ट्रेलियामा बसाइँसराइँ गरी जानेहरु अत्याधिक एसियाली छन्।

अष्ट्रेलियाको जनसंख्या बृद्धिदर विश्वमा १.१ प्रतिशत रहेको छ। विश्वबैंकका अनुसार अष्ट्रेलियाको यो बृद्धिदर विश्वमा ७७ औँ नम्बरमा रहेको छ। यसअघि सन् २००९ मा अष्ट्रेलियाको जनसंख्या २.१ प्रतिशतले बृद्धि भएको थियो। विश्व आर्थिक सहायता विकास संस्थामा आवद्ध अष्ट्रेलिया अन्य देशहरु लक्जेमवर्ग, न्यूजिल्याण्ड, इजरायल र टर्कीभन्दा भने जनसंख्या बृद्धिदरमा पछाडि नै छ।

बसाइँसराइँ कटौति गर्नुपर्छ भनेर यतिबेला अष्ट्रेलियामा गम्भीर बहस सुरु भएको छ। नागरिक समाजदेखि सरकारका मन्त्रीहरुपनि यसमा सहमत छन्। अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबोटले वार्षिक ८० हजारका दरले बसाइँसराइँ कटौती गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

तर प्रतिपक्षीहरु बसाइँसराइँ कटौतिको प्रस्तावलाई अस्वीकार गर्छन्। आर्थिक सहायता विकासमा आवद्ध अन्य देशभन्दा अष्ट्रेलियाको दर कम रहेकाले यसले कुनै असर नगर्ने तर्क छ उनीहरुको। अर्थमन्त्री स्कट मोरिसन भन्छन्, ‘अष्ट्रेलियामा हुने बसाइँसराइँ कम हुँदै गए यसले मुलुकको अर्थतन्त्रलाई असर गर्नेछ।’

एक प्रतिवेदनले तत्काल वार्षिक रुपमा १ लाख ६० हजारदेखि २ लाख १० हजारसम्म बसाइँसराइँ भए अष्ट्रेलियाका लागि फाइदाजनक हुने देखाएको छ। यसले देशको अर्थतन्त्र बृद्धिगर्न मद्दत गर्ने प्रतिवेदनको ठम्याइ छ। देशका लागि हित गरुन्जेल बसाइँसराइँलाई रोकथाम गर्न नहुने सुझाव छ प्रतिवेदनको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *