Saturday, February 29, 2020
Home > Entertainment > आमिर खानलाई मनपर्दैन कपिल शर्मा शो

आमिर खानलाई मनपर्दैन कपिल शर्मा शो

बलिउडका स्टारदेखि सामान्य कलाकार पनि कपिल शर्माको कमेडी शोमा सहभागी भएका छन्। केही कपिल शर्माको आग्रहमा त कोही आफ्नो फिल्म प्रचारको क्रममा कपिलको ‘कमेडी नाइट्स विद कपिल’ वा ‘द कपिल शर्मा शो’मा देखिए। तर बलिउडका चर्चित एवं सफल अभिनेता आमिर खान कपिलको शोमा देखिएका छैनन्।

कपिल शर्माले कार्यक्रमका लागि आमिरसँग आग्रह गर्दा पनि उनले स्वीकार नगरेको वेब दुँनियाले जनाएको छ।

प्राय: कलाकार आफ्नो फिल्म प्रदर्शन ताका कपिल शर्मा शोमा प्रस्तुत हुन्छ। आम दर्शकले रुचाएको र टिआरपी धेरै भएको कार्यक्रम भएकाले पनि धेरै निर्माता निर्देशकले कपिलको शोलाई प्रचारको गतिलो माध्यम बनाए। तर आमिरले आफ्नो फिल्म प्रचारको लागि अन्य टेलिभिजन कार्यक्रमको प्रयोग आवश्कक नठानेको जनाइएको छ।

आमिर कपिल शर्मा शो मात्र नभएर अन्य टेलिभिजन कार्यक्रम वा अवार्ड समारोहमा पनि हत्तपत्त देखिंदैनन्। तर वेब दुँनियामा लेखिएको छ,’सुत्रका अनुसार आमिरलाई कपिलको शो मन पर्दैन। किनकी प्रस्तुतिका क्रममा कपिलले कहिलेकाहीँ आफ्नो सीमा नाघ्छन्।’

आमिरलाई कपिलले महिलाहरुको मजाक उडाएको, कलाकारको अपमान गरेको र स्टार्सहरुमा हाबी हुन खोजेको मन नपर्ने जनाइएको छ।

Lukla TV
Lukla TV is only portal that disseminates politically unbiased news, interviews and events ; and delivers entertainments to Nepalese audiences worldwide. It’s mission is to preserve and promote nepalese culture for welfare of Nepalese living abroad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *