Saturday, February 29, 2020
Home > General News > उत्कृष्ट व्यक्तिलाई रिपोर्टस क्लबको सम्मान

उत्कृष्ट व्यक्तिलाई रिपोर्टस क्लबको सम्मान

लुक्ला टिभी, नेपाल-

रिपोर्टस क्लबले यस वर्षको उत्कृष्ट कर्मचारी सम्मान ईश्वर कार्कीलाई प्रदान गरेको छ । क्लबको १९ औं वार्षिकोत्सवको अवसरमा कार्कीलाई ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७३’ बाट सम्मान गरेको हो ।

क्लबले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा भारतीय जनता पार्टीका शीर्ष नेता भगतसिंह कोशियारीज्यू, एसियन थाई फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक महेश जाजू, वरिष्ठ उद्योगपति एवम् समाजसेवी राजेन्द्र अर्याल, वरिष्ठ उद्योगपति एवम् समाजसेवी तेजेन्द्र खड्का, समाजसेवी एवम् एनआरएनए नेता पारसमणि पोखरेल, वरिष्ठ उद्योगपति एवम् समाजसेवी पूर्णलाल श्रेष्ठ, कुशल अधिकृत गोविन्दप्रसाद वाग्ले, सूचना प्रविधि उद्यमी दीपक भण्डारी, सूचना प्रविधि उद्यमी खेम शर्मा, आइडियल डिजाइनर्सका कार्यकारी निर्देशक सुन्दर श्रेष्ठ, एभ्रिटाइम गु्रुप प्रा.लि.का प्रबन्ध निर्देशक महेशराज खकुरेल, एक्टिब प्रिन्टिङ प्रेसका मेनेजिङग डाईरेक्टर रमेशकिशोर श्रेष्ठ, न्युज ट्वान्टीफोरका वरिष्ठ प्राविधिक सुबोध पटेल, कार्यक्रम संयोजक राजु भण्डारी र गजेन्द्र ओझा रहेका छन् ।

सम्मानित हुनेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा सम्मान गरे ।

Lukla TV
Lukla TV is only portal that disseminates politically unbiased news, interviews and events ; and delivers entertainments to Nepalese audiences worldwide. It’s mission is to preserve and promote nepalese culture for welfare of Nepalese living abroad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *