Wednesday, February 26, 2020
Home > Education > एडभान्स कलेज अफ हेल्थद्वारा रोजगारमुलक ईन्फर्मेसन सेसन आयोजना

एडभान्स कलेज अफ हेल्थद्वारा रोजगारमुलक ईन्फर्मेसन सेसन आयोजना

लुक्ला टिभी – 

एडभान्स कलज अफ हेल्थले आगामी डिसेम्बर ७ तारीकका दिन सिड्नीको एसफिल्डको टाउनहलमा निशुल्क रोजगारउन्मुख ईन्फर्मेसन सेसनको आयोजना गरेको छ ।

अष्ट्रेलियाको नेपाली समुदायमा हुने बिभिन्न सामाजिक कार्यक्रमहरूमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आएको उक्त कम्पनीले कामको खोजीमा भौतारीदै हिडेका बिद्यार्थीहरूलाई Aged Care संबन्धी सिपमुलक तालिम दिने र रोजगारीमा समेत प्रत्यक्ष रूपमा धेरै बिद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ ।

उक्त तालीमबाट काम खोज्न आबश्यक कागज पत्रहरूको तयारी, काम खोज्ने उपयुक्त माध्याम र प्रभाबकारी तरीका लगाएतका बहुपयोगी तथा महत्वपूर्ण बिषयहरूमा फरक फरक बिधाका बिज्ञाहरूबाट तालिम दिने आयोजक कम्पनीका निर्देशक किशोर अर्याल र ईश्वर दाहालले बताए । उक्त कार्यक्रममा उपस्थित भई यस सुबर्ण अबसरको प्रयोग गर्दै मौकाको फाईदा लिन र बेरोजगार समस्याबाट मुक्त हुन आयोजक कम्पनीले सिड्नीबासी सम्पूर्ण बिद्यार्थीहरूलाई हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *