Wednesday, February 26, 2020
Home > Entertainment > ‘एभेन्जर्सः इन्फिनिटी वार’ ले ११ दिनमै गर्‍यो अर्ब डलरको व्यापार

‘एभेन्जर्सः इन्फिनिटी वार’ ले ११ दिनमै गर्‍यो अर्ब डलरको व्यापार

डिस्नेको ‘एभेन्जर्सः इन्फिनिटी वार’ फिल्मले विश्वव्यापी रुपमा ११ दिनमै १ अर्ब डलरको व्यापार गरेको छ। फिल्म इतिहासमै यति छोटो समयमा १ अर्ब डलर व्यापार गर्ने यो पहिलो फिल्म बनेको छ।

मार्भल स्टुडियोको यो फिल्मले सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’ भन्दा एक दिनअघि नै यो उपलब्धि हासिल गरेको हो।

आइरन म्यान, क्याप्टेन अमेरिकाजस्ता डिस्ने चरित्र भएको यो फिल्मको खलनायक थानोसको प्रशंसा गरिएको छ भने समालोचकहरुले पनि फिल्म मन पराएका छन्।

अर्ब डलर नघाउने मार्भलको यो छैठौँ फिल्म हो भने डिस्नेको १७ औँ।

यो फिल्म विश्वमै दोस्रो ठूलो बजार मानिने चीनमा भने ११ मे मात्र रिलिज हुनेछ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *