Wednesday, February 26, 2020
Home > General News > ओबामा दम्पती अमेरिकामा सर्वाधिक रुचाइएका महिला र पुरुष

ओबामा दम्पती अमेरिकामा सर्वाधिक रुचाइएका महिला र पुरुष

लुक्ला टिभी-

ओबामा दम्पती अमेरिकामा सर्वाधिक रुचाइएका महिला र पुरुष बनेका छन्। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा उनका श्रीमती मिसेल ओबामा अमेरिकामा सबैभन्दा बढी रुचाइएका व्यक्ति बनेका हुन्।

सन् १९४६ सालदेखि प्रत्येक वर्ष अमेरिकामा सर्वाधिक रुचाइएका महिला पुरुषको सर्वेक्षण तथा मतदान हुँदै आएको छ। अमेरिकामा सर्वाधिक रुचाएको महिलामा पूर्व फस्र्ट लेडी मिसेल ओबामाले डोमोक्रमेटिक पार्टीका तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरिन्।

मिसेलले पूर्व फस्र्ट लेडी समेत रहेकी क्लिन्टको १७ वर्षको दबदबालाई तोडेकी हुन्। १७ वर्ष लगातार क्लिन्टन अमेरिकामा सबैभन्दा बढी मनपराइएकी महिला बनेकी थिइन्। यस पटक भने हिलारी तेस्रो स्थानमा झरिन्। सर्वाधिक रुचाइने महिलाको शीर्ष सूचिमा अमेरिकीहरुले मिसेल ओबामालाई १५ प्रतिशत भोटगर्दा, ओप्रा विनफ्रेले ५ प्रतिशत मत पाइन्।

त्यसपछि क्रमश हिलारी क्लिन्टन र वर्तमान फस्र्ट लेडी मलेनिया ट्रम्पले ४–४ प्रतिशत मतप्राप्त गर्दा क्विन इलिजाबेतले २ प्रतिशत मत प्राप्त गरिन्।

पुरुष तर्फ भने पूर्व राष्ट्रपति बाराक ओबामा लगातार ११ पटक सर्वाधिक रुचाइएका पुरुष बन्न सफल भएका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति जर्ज डब्लू बुस, पोप फ्रान्सिस र बिलगेट्सलाई पराजित गरेका हुन्।

बाराक ओबामाले १९ प्रतिशत मत प्राप्तगर्दा, डोनाल्ड ट्रम्पले १३ प्रतिशत, जर्ज डब्लु बुसले २ प्रतिशत, पोप फ्रान्सिसले २ प्रतिशत तथा बिलगेट्सले १ प्रतिशत मत प्राप्त गरे। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *