हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै संस्थाले घिसिङलाई सम्मान गर्ने घोषण गरेको हो ।
एक्सिलेन्स अवार्डका लागि व्याक्ति छान्न काठमाडौं विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी सूर्यमान शाक्यको अध्यक्षतामा समिति बनाइएको थियो । समितिमा इपानका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्ट, एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने सहभागी थिए । त्यसैगरी हाइड्रो नेपाल जर्नलका प्रधान सम्पादक उपेन्द्रदेव भट्ट सदस्य सचिव थिए ।
हाइड्रो नेपालले लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गर्ने निर्णय पनि संस्थाले गरेको छ ।
जलविद्युत् क्षेत्रका पायोनियर श्रेष्ठ लामो समयदेखि यही क्षेत्रमा निरन्तर क्रियाशील छन् । उनले सन् १९६६ मा मस्को पावर इन्ष्ट्च्यिुटमा जलस्रोतसम्बन्धी अनुसन्धानको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाएका थिए ।
५० वर्षपछि पनि उनको अनुसन्धानलाई मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा लिने गरिएको छ ।