Saturday, February 29, 2020
Home > Education > डा. गोविन्द के. सी. को सत्याग्रहको आन्दोलनमा अस्ट्रेलियावासी प्रवासी नेपालीको समर्थन

डा. गोविन्द के. सी. को सत्याग्रहको आन्दोलनमा अस्ट्रेलियावासी प्रवासी नेपालीको समर्थन

लुक्ला टिभी-

चिकित्षा शास्त्रको सुधारको माग गर्दै पटक पटक अनसनमा बसेका ड़ा गोविन्द के.सी. माग पुरा नभएपछि ११ औ पटक अनसन बसिरहेका छन् भने देश विदेशबाट उनको माग समर्थनका आवाजहरु पनि सुनिएका छन् । उनको अनसनलाइ समर्थन गर्दै अस्ट्रेलियाको सिड्नीमा पनि अस्ट्रेलियावासी प्रवासी नेपालीको बिशेष भेला हुने भएको छ । १३ अगस्ट आइतबार विहान ८ :०० बजे देखि 10:00 बजे सम्म एस्फिल्ड पार्क सिड्नीमा भेला हुनका लागि प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ:

प्रेस विज्ञप्ति !

डा. गोविन्द के. सी. को सत्याग्रह को आन्दोलन मा अस्ट्रेलियावासी प्रवासी नेपालीको एक्यवादाता !!!

सवै सवै साथि भाइ हरु र अग्रज हरुको सल्लाहमा हामीले डा. केसीको आन्दोलनको समर्थनमा दवाव सिर्जना गर्ने उद्देस्य सहित सम्भव भए सम्मका देशमा विविध रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने योजना बनाएका छौं। विगत धेरै पटक र गत वर्ष हामीले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरेको जस्तै दवावमुलक कार्यक्रम गर्ने हाम्रो योजनामा तपाईं के कस्तो भूमिका निर्वाह गर्न चाहनु हुन्छ कृपया हामीलाई सम्पर्क गर्नुहोला। आउनुहोस एकपटक देशका लागि निष्ठा का लागि नैतिकताका लागि पुन: हातेमालो गरौँ।
डा के. सी. को आन्दोलन निम्न कारणका लागि हुन् भन्ने हाम्रो वुझाई छ !

# तपाईंका छोराछोरीले MBBS पढ्नको लागि ६० लाख र MD/MS पढ्नको लागि १ करोड तिर्नु नपरोस भन्न का लागि हो।
# सरकारी मेडिकल कलेजहरु देशभर खुलुन, छात्रवृत्तिमा तपाईंका छोराछोरीले पढ्न पाउन भनेर।
# कुनै पनि खालका स्वास्थ्य समस्या आउदा सधै भरी काठमाडौमात्र दगर्नु नपरोस भनेर।
र दगुर्ने आर्थिक क्षमता नहुदा अकालमै मृत्युवरण गर्न नपरोस् भनेर।
# अदक्ष स्वास्थ्यकर्मि को हातमा परेर तपाइँको ज्यान अकालमै नजाओस् भनेर।

कार्यक्रम हुने समय , मिति र स्थान :
मिति : १३ – अगस्त – २०१७
समय : विहान ८ :०० बजे देखि 10:00 बजे सम्म
स्थान : एस्फिल्ड पार्क , सिड्नी !

भवदीय,
डा. घनश्याम चापागाईं – ०४५०३४००५२
डा. भुवन कंडेल – ०४११३८२३१७
सुधिरा शाह – ०४११७८९९९४
डिला खरेल – ०४३४३९२३४७
सिड्नी , अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *