लुक्ला टिभी, नेपाल-
देशको एकमात्रै अन्तराष्ट्रिय विमानस्थलमा साेमबार चितुवा देखियाे । चितुवा पसेपछि उडान अवरुद्व बन्न पुग्याे । सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेमा चितुवा देखिएको थियो ।
तर सो चितुवा अहिले विमानस्थल भित्रै हराएको र खोजीकार्य तीब्र पारिएको विमानस्थल स्रोतले जनाएको छ ।
आधा घण्टा विमानस्थल अवरुद्ध बनेपछि अहिले विमानस्थल सुचारु भएपनि चितुवाको भने खोजीकार्य जारी राखिएको छ । प्रहरी, सिकारुको टोली मिलेर चितुवा खोजी भइरहेको हो ।
यस्तै जिल्ला वन कार्यालयका प्रतिनिधि र सदर चिनियाखानका टोली पनि विमानस्थलमा पुगेका छन् । विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ ।