Wednesday, February 26, 2020
Home > Entertainment > थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइयो

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइयो

लुक्ला टिभी-

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा दोस्रो माघी पर्व भब्यसंग मनाइएको छ । थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम गत बुधबार माघ १ गते टेम्पे पार्कमा आयोजना गरिएको थियो ।

कार्यक्रम दिप नारायण चौधरीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी मनोरमा चौधरी तथा रिंकु चौधरी गरेका थिए भने अतिथि स्वागत संस्थाका सल्लाहकार रामेश्वर चौधरीद्वारा गरिएको थियो l उपस्थित अतिथीहरुलाई संस्थाका सल्लाहकार दुर्गानन्द चौधरीले पगरी तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

थारु कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको उक्त कार्यक्रममा कला संस्कृति झल्कने भेषभूषा सहित बिभिन्न परम्परागत परिकारहरु तथा छ्याङ लगायतको व्यवस्था गरिएको थियो । पूर्व देखि पश्चिम सबै ठाउका थारूले लगाऊने पहिरन बारे प्रदर्शनी गरेका थिए साथै कार्यक्रमको प्रमुख आकर्षण भने पहिलो पटक गरेको थारू लाठ्ठी नाच थियो। कार्यक्रमको अन्तिम चरणमा सिडनीको प्रख्यात नेपाली डिजे नटकेस ले सबैलाई आफ्नो धुनमा झुमाए ।

विगत केहिदिन अघि अष्ट्रेलियामा लागेको डढेलो निभाउन खटेका फायर फाइटरहरुलाई सहयोग का निम्ति donation box पनी राखेको थारू सोसाइटी का पव्लिक अफिसर अरून आर्यन चौधरी ले बताए ।
कार्यक्रमका प्रमुख अतिथिमा शिव प्रसाद चौधरी थिए उपस्थित अन्यमा एनआरएनएका प्रबक्ता नन्द गुरूङ, vice president Mr Deb Gurung, कर्ण राजबंशी (NINFA general secretary ) , लक्ष्मण गुरूङ (NINFA Vice President) , Wish Real state का प्रज्वल भट्टराई तथा samir shrestha, Expert Educaton का संजिब शर्मा, Innovative Associates का डिला खरेल, Ms Rekha Adhikari (MG Associates ), Ershad Ehmed (Everest Travels) , नेपाली जनसम्पर्क समिति एनएसडब्लुका अध्यक्ष इथान शाक्य, Binod Poudel (CEO Nepal Paisa), Laxman Sapkota (Indreni Function) आदिबासी जातीय संस्थाका पदाधिकारीहरुमा गुठ्ठी अष्ट्रेलियाका Shiva Shrestha, किराँत खाम्बु राई सोसाईटीका Santosh Thulung Rai, Kirat Yakthung Chumlung Australia का Sashi Subba, Magar Samaj Australia का अनिल थापा मगर तथा सुदर्शन थापा मगर साथै उमेश पोखरेल ( president JhapaliSamaj), Dinesh Pokhrel, Kanchan Pokhrel, Surendra Sapkota, Mahendra Shrestha, Kesab Joshi, gajendra raj piyak, नेपाली टाईम्सका सुजित सिगदेल, अनलाईन खवरका मनरिसी धिताल, krishna Chaudhary (Regional speaker of thare welfare society Region ,Ramanand Prasad Mahato (chitwan) लगायत का उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *