Saturday, February 29, 2020
Home > General News > थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा माघी पर्व भब्यसंग मनाइयो

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा माघी पर्व भब्यसंग मनाइयो

लुक्ला टिभी-

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा माघी पर्व भब्यसंग मनाइएको छ। थारु समुदाय साथै सम्पूर्ण अन्य नेपाली समुदायका ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम गत मंगलवार टेम्पे पार्कमा आयोजना गरिएको थियो ।

कार्यक्रम दिप नारायण चौधरीको अध्यक्षता भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सोफ़िया चौधरी र सुनम चौधरीले गरेका थिए भने अतिथि स्वागत पब्लिक रिलेशन अफिसर अरुण कुमार चौधरीद्वारा गरिएको थियो l अफिसर चौधरीले थारु समुदायको पहिलो प्रयासमा यति धेरै माया र साथ पाउदा अत्यन्तै खुशी लागेको भन्दै सबैलाई धन्यवाद दिएका थिए। शीघ्र नँया कार्यक्रमको बारेमा संस्थाले जानकारी दिने चौधरीले बताएका थिए।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती सिरहा जिल्लाका पदम नारायण चौधरी ले “पर्रदेशी भुमीमा समेत आफ्नो कला संस्कृति जोगाउन यस्ता कार्यक्रमहरु को आवस्यकता रहेको र सम्पुर्ण नेपालीहरु लाइ एक हुन आग्रह गर्नु भएको थियो। चौधरी नेपालको पूर्व सभासद तथा मन्त्रि समेत हुनुहुन्छ।

कार्यक्रममा NINFA अध्यक्ष अरुण कुमार तामाङ, उपाध्यक्ष लक्ष्मण गुरुङ , एआरएनएका उपाध्यक्ष नन्द गुरुङ, सचिव देव गुरुङ, थारु महिला सभा नेपालका तारा देवी चौधरी, बेकर्स डिलाइटका भरत अधिकारी र सरु खतिवडा, इनोभेटिभ एसोसिएट्सका दिला खरेल, मल्टी डाइनामिकका मेघराज पौडेल, स्मार्ट लाइन मोर्टगेजका कपिल नेपाल, एक्सपर्ट एजुकेशन तथा भीषा सर्भिसका सन्तोस शर्मा, नेपाली टचका दिपेश पुन र राज के गोश्वामी तथा दिनेश पोखरेल, पदम शाक्य, केशब जोशी, सूर्य गौतम, छिरिङ लामा, जितमान लिम्वू, राम सिपतुंखा राई, घनेन्द्रराज फियाक जेपी लगायत सहभागी थिए ।

उपस्थित अतिथीहरुलाई संस्थाका सल्लाहकार रामेश्वर चौधरीले पगरी तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । औपचारिक कार्यक्रम को समापन अध्यक्ष दिप नारायण चौधरीले कार्यक्रम का सहयोगी अतिथीहरुलाई प्रशंसा प्रमाण पत्र हस्तानतरण गरी धन्यवाद दिएर गरेका थिए । कार्यक्रममा थारु समुदायको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको कला सँस्कृति झल्कने पहिरन, परम्परागत परिकारहरु तथा छ्याङ लगायतको व्यवस्था गरिएको थियो । थारु कलाकारहरुले आफ्नो भाषाका गीतमा नृत्य पस्केका थिए ।गायक विश्वास श्रेष्ठ र श्वेता चौधरी ले गीत गाएर मनोरन्जन गराएका थिए भने सिडनीका प्रख्यात डिजे नटकेस ले सवैलाई झुमाएका थिए ।

Photos : Arun Aaryan Chaudhary

Leave a Reply

Your email address will not be published. Required fields are marked *