श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार, देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् ।
हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ । यो आँकडा आ.व. ०७३/७४ फागुन मसान्तसम्मको हो ।