लुक्ला टिभी
करिब ६ वर्ष अगाडी स्थानिय कलाकारहरुलाई सम्मान गर्ने र उनिहरु भित्र रहेको कलालाई उचित स्थान दिनुकासाथै अस्ट्रेलियामा रहेका नवप्रतिभाहरुलाई उजागर गर्ने अभिप्राय बोकेर स्थापना गरियको सँस्था हो नेपाली युथ फोरुम अस्ट्रेलिया (NYFA) । उक्त संस्थाको दोस्रो अधिवेशन हिजो भव्यताका साथ सम्पन्न भएको छ ।
सिड्नि स्थित थर्ड आईको सभाहलमा भएको सो कार्यक्रमको बन्दसत्र दिनको करिब ३:३० बजेबाट सुरु भयको र ७:०० बजेसम्म चलेको थियो। बन्द सत्रबाट २५ सदस्य कार्य समिति सदस्यहरु सर्वसम्मतमा चयन गरियको छ।
सभामा समुदायका अगुवाहरु,विभिन्न संघ संस्थाहरुबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष सागर अधिकारिको रहेको थियो भने प्रमुख अतिथिमा एनआरएनएए आईसिसि ओसिनिया संयोजक होम पाण्डे,विशेष अतिथिमा एनआरएनएए अस्ट्रेलियाका उपाध्यक्ष देव वहादुर गुरुँग र प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाका संयोजक रमेश पाण्डेको रहेको थियो।
सभाको औपचारिक कार्यक्रम र संस्थाले गरेका गतिबिधिहरु संस्थाको निवर्तमान महासचिव अरुण गौतमले प्रस्तुत गर्नुभयको थियो भने कार्यक्रमको स्वागत मन्तव्य वर्तमान महासचिव मुगेन्द्र गौतमले दिएका थिए ।
संस्थाको संस्थापक अध्यक्ष भरत देवकोटाले सर्वसम्मतिमा चयन गरियको कार्यसमितिको घोषणा गरेका थिए । नयाँ कार्यसमितिको अध्यक्षमा दामोदर रावल उपाध्यक्षमा झलक गुरुँग, महासचिवमा मुगेन्द्र गौतम, सचिवमा राम रेग्मी, कोषाध्यक्षमा नम्रता शर्मा रहेका छन भने संस्थाको प्रबक्ता र पब्लिक अफिसरमा क्रमश: शिब पौडेल र अजय गिरि रहेका छन्। यसै गरि संस्थाका कार्यसमिति सदस्यहरुमा समिर आचार्य, पदम अधिकारी, रोशनी श्रेष्ठ,दिपक न्यौपाने, भुपेन शर्मा, बिकल्प घिमिरे, कलम खड्का, शशांक बस्याल, किशोर बिस्ट, प्रवेश अधिकारी, रमेश सोडारी, सुमन बुढाथोकी, सुवास लामिछाने, सुर्य न्यौपाने, नव किरण गौतम, भरतराज ढुँगाना, रन्जित घिमिरे र चन्द्र खत्री सर्बसम्मत चयन भएका छन्।
संस्थाले आफ्नो संरक्षकहरुमा भरत देवकोटा, सागर अधिकारी र मुक्तिराम पोखरेल चयन गरेको छ भने सल्लाहाकारहरुमा दीपक जोशी, मनऋषि धिताल, स्वतन्त्र प्रताप शाह, युवराज भट्टराई र हेमराज भट्टलाई मनोनयन गरेको छ।
नयाँ कार्यसमितिको घोषणा पस्चात् कार्यक्रममा उपस्थित समुदायका अगुवाहरु, विभिन्न संघ संस्थाहरुबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुले नयाँ कार्यसमितीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
नव निर्वाचित अध्यक्षले आफु भाषण भन्दा काम गर्न मन पराउने उद्घोषसँगै सबैको सहयोगको अपेक्षा राखेका थिए । अन्तमा निवर्तमान अध्यक्ष सागर अधिकारीले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम रात्रिभोज सँगै समापन भयको घोषणा गरेका छन् ।