Saturday, February 29, 2020
Home > General News > पाैडल पक्षकाे विराेधबीच निधि उपसभापति, खड्का महामन्त्री मनाेनित

पाैडल पक्षकाे विराेधबीच निधि उपसभापति, खड्का महामन्त्री मनाेनित

लुक्ला टिभी-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशनको २ वर्ष २ महिनापछि विधानअनुसार पदाधकिारी मनोनित गरेको छ।

पौडेल पक्षले बहिष्कार गरेको बैठकले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई नियुक्त गरेको हो।

महाधविशनको दुई महिनाभित्र पदाधिकारी नियुक्त गरिसक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले दुई वर्ष दुई महिनापछि नियुक्त गरेका थिएनन्। विधानविपरित ढिलोगरी पदाधिकारी नियुक्त गर्न लागिएको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गरेको हो।

‘विधान विपरित नियुक्ति गर्न बोलाइएको बैठक हामीले बहिष्कार गरेका हौं’, पौडेल पक्षका नेता प्रकाशमान सिंहले भने। दिलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी, प्रदीप पौडेललसहितले बैठक बहिष्कार गरेका थिए।

नेपालखबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *