Saturday, February 29, 2020
Home > General News > बाबा एजुकेसन कन्सल्टेन्सीका राजेन्द्रकुमार शर्मा ‘नेशनल एक्सिलेन्स अवार्ड २०१९’ बाट सम्मानित

बाबा एजुकेसन कन्सल्टेन्सीका राजेन्द्रकुमार शर्मा ‘नेशनल एक्सिलेन्स अवार्ड २०१९’ बाट सम्मानित

राजन घिमिरे
लुक्ला टिभी

विगत १० वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय बाबा एजुकेशन कन्सल्टेन्सीका नेपाल निर्देशक राजेन्द्रकुमार शर्मा ‘नेशनल एक्सिलेन्स अवार्ड २०१९’बाट सम्मानित भएका छन् । राजेन्द्रलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएवापत भारतको इन्दोरमा आयोजित एक समारोहबीच सम्मान गरिएको थियो । बाबा ऐजुकेसनका शर्मा लामो समयदेखि शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले बाबा ऐजुकेसन कन्सल्टेन्सीका नेपाल प्रमुख शर्मालाई अवार्ड प्रदान गरेकी थिइन् ।

बाबा एजुकेशनले अहिले काठमाडौको न्यूरोड, भक्तपुरको सुर्यबिनायक, पोखराको चिप्लेढुंगा, इटहरी र अष्ट्रेलियाको सिड्नीबाट शैक्षिक परामर्श प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेको शर्माले जानकारी दिए ।

भारतीय संस्था अल्मा आयोजक रहेको यो अवार्ड कार्यक्रममा नेपाल, भारत, बेलायत, अमेरिका, भूटान, श्रीलंका र बंगलादेशलगायत मूलुकहरूको सहभागिता थियो । अल्माको यो २०औँ अवार्ड कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *