Wednesday, February 26, 2020
Home > Education > बिधार्थीका लागि ब्रिज द ज्ञाप नेपालको बिशेष कार्यक्रम “बिश्वास”

बिधार्थीका लागि ब्रिज द ज्ञाप नेपालको बिशेष कार्यक्रम “बिश्वास”

लुक्ला टिभी –

विभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढ्दै गरेको गैर नाफा मुलक संस्था ब्रिज द ज्ञाप नेपालले अस्ट्रेलियामा पड्दै गरेका या भर्खर पढाई सकेकाहरुप्रति लक्षित गर्दै बिश्वास नामक कार्यक्रम यही आइतबार संचालन गर्दै छ ।

बिश्वास कार्यक्रम बिशेषत बिधार्थीहरुलाइ पथप्रदशक कार्यक्रमको रुपमा अघि बढाइएको संस्थाका प्रेसिडेन्ट शिव श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार भर्खर पढाई सकेका, पढाई सक्न लागेका र पड्दै गरेका बिधार्थीहरु आफ्नो भबिस्य योजनाका बारेमा अलि बढीनै चिन्तित हुने गरेको हुदा उनीहरुको लागि यो कार्यक्रम निकैनै फलदायी हुने छ ।

कार्यक्रम यही मे १९ आइतबार यसफिल्ड पब्लिक स्कुल यसफिल्डमा संचालन गरिदै छ । बिहान ९ बजे देखि सुरु हुने उक्त कार्यक्रम दिउसो १:३० सम्म संचालन गरिने छ । कार्यक्रममा अस्ट्रेलियाको शिक्षा, शैक्षणिक कार्यशाला, जीवनवृति कार्यशाला, काम तथा पढाईको जीवनका बारेमा चर्चा-परिचर्चा गरिने छ । अनुभब साटासाट संग-संगै अस्ट्रेलियाको जीवनलाइ कसरि सहज बनाउदै ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा पनि चर्चा गरिने आयोजकले बताएको छ ।

कार्यक्रमलाइ असोसीयट प्रोफेसर कृष्ण के श्रेष्ठ, जोनाथन होवेस, भर्जिनिया डी लुका, प्रकाश के सी, शिव श्रेष्ठ, निर्मल अधिकारी, मनारिशी धिताल, अन्जना सिंह श्रेष्ठ, कुशल श्रेष्ठ, सन्तोष तिवारी, सुजेता तथा नबिन रायमाझीले सहजीकरण गर्ने छन् ।

ब्रिज द ज्ञाप नेपाल ( BGTN ) एउटा गैर नाफा मुलक संस्था हो जुन एन यस डब्लु अस्ट्रेलियामा दर्ता गरिएको छ । यो संस्थाको मुख्य उधस्य भनेकोनै गरिब तथा पिछडिएका समुदायलाइ समान्तको दिशा तर्फ अघि बढाउनुको लागि विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा बिकाशका कार्यक्रमलाइ अभिलम्बन गर्नु हो । जसले गरिबीको रेखामुनि बसेकालाइ सहयोग गर्नाले उनीहरुको जीवनस्थरमा फरक पर्छ भन्ने सोच राखेकाहरुले संस्थालाइ सहयोग गर्दै पनि आइराखेका छन् । शिक्षा, स्वस्थ तथा बाताबरणप्रति बढी लक्क्षित गर्दै संस्थाले विभिन्न ब्यक्त तथा संस्थासंग मिल्दै त्यस्ता समुदायको पत्ता लगाई सहयोग गर्दै आराखेको छ ।

https://btgn.org.au/BISHWAS-Internatioanl-Student-Hub

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *