मदन राज सिग्देल
४ फ्रेब्रुअरी, सिड्नी !
हाँस्यव्यंग्यात्मक कार्यक्रमहरुको तलतल बिगतको समयमा केहि टेलिसिरियल र बर्षेनी एकपटक मात्रै हुने गाईजात्रा महोत्सव जस्ता कार्यक्रमहरुबाट मेटिने गरेको भएपनी, पछिल्लो कमेडीको क्षेत्रमा एउटा बिशेष आयाम थपिएको प्रतित हुन थालेको छ।अब रंगमञ्च र साना पर्दाहरु बाट बाहिर निस्किएर, ठुला पर्दाहरुमा पनि हाँस्य-रस अपरिहार्य बन्न थालेको छ। केहि समय अघि केहि युट्युब च्यानलहरु बाट एकाएक चर्चा कमाएको स्ट्यान्ड अप कमेडीले आजको दिन सम्म आइपुग्दा छुट्टै उचाई प्राप्त राख्न सफल भएको छ। देशभित्रै युट्युबका पर्दाहरुभन्दा बाहिर, स्ट्यान्ड अप कमेडीका रियालिटी शो हरुसम्म बनिसकेका पाइन्छन् जो युवा पुस्ता माझ सर्वाधिक लोकप्रीय रहेकाछन्।
स्ट्यान्ड अप कमेडीको क्रेज देशभित्र मात्रै नभई बिश्वभर फैलिएका प्रवासी नेपालीहरु माझ पनि उत्तिकै सर्वप्रीय बनेको छ। यहि क्रममा विभिन्न देशमा यस्ता कार्यक्रमहरु हुने क्रम बढेको छ। अष्ट्रेलियामा पनि, केहि महिना अघि एक खाले स्ट्यान्ड अप कमेडी शो, “हाँस्छ सिड्नि”ले ब्यापक सफलता प्राप्त गरेको थियो। अष्ट्रेलियामा पहिलो नेपाली स्ट्यान्ड अप कमेडी शो को इतिहास रचेको हाँस्छ सिड्नीको दोश्रो संस्करण फेब्रुअरी ७ मा सिभिक थ्रीयटर, हर्ष्टभिलमा हुने भएको छ।
परदेशको ब्यस्त जिन्दगी बाट अलिकति बाहिर निस्किएर, एकैछिन हाँसो र खुशी साटासाट गरौं भन्ने अभिप्रायका साथ कार्यक्रमको ड्राफ्ट गरिएको बताउछन् उक्त इभेन्टका लजिस्टिक हेड प्रविन भारद्वाज। उक्त कार्यक्रममा सिड्नीलाई आधार बनाएर कमेडी क्षेत्रमा क्रीयाशिल ब्यक्तिहरुको प्रस्तुति रहने छ। यसपटक, चर्चित अनुहार मदन कोइरालालाई प्रस्तोताका रुपमा फिचर गरिएको छ भने रुपक बुढाथोकी, जुनु श्रेष्ठ, निरज चेम्जोङ, सन्दिप कंडेल, रुपेश थपलिया, युवराज राउत लगायतको बेजोड प्रस्तुति रहनेछ। दिनानुदिन मिमिक्री क्षेत्रमा आफुलाई अब्बल बनाउन प्रयत्नशील रोशन रेग्मीले बिशेष प्रस्तुति दिदैछन। त्यस्तै, सामाजिक कर्ममा आफुलाई स्थापित गरेका र नेपाली समाजले आदर्श पात्र मानेका केहि चर्चित अनुहार हरुले आफ्नो भोगाइ र अनुभव सम्मेलित विशेष हाँस्यप्रधान प्रस्तुति दिने पनि आयोजकले जनाएका छन्।
हाँस्छ सिड्नीको दोश्रो संस्करण, लुक्ला टिभी अष्ट्रेलियाले प्रस्तुत गरेको हो भने यसको कार्यक्रम संयोजक हाँस्छ अष्ट्रेलियाले गरिरहेको छ। फोन नेशन’स इन्टरनेशनलले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा एजुकेशनल पार्टनरका रुपमा एई ग्लोबल सिड्नी रहेको छ भने अरु कुनै खाले मेटल स्पोन्सर नरहेको आयोजक बताउछन्। कार्यक्रम लाई हस्पिटालिटी पार्टनरका रुपमा एडिज किचेनले सहयोग गरेको छ भने, नेपाली टछ, प्यासिफिक एजुकेसन, दिवस इन्टरटेन्मेन्ट्स, स्टुडेन्ट भाइब्स लगायतको साथ रहने छ।
सिड्नीका चर्चित फोटोग्राफर, अरुण आर्यन चौधरीको प्रोडक्सन्स, अरुण फोटोग्राफीले तस्वीरहरु कैद गर्ने उक्त इभेन्टमा प्रवेशका लागी $१५ शुल्क तोकिएको छ।
टिकट लिंक !
https://www.ticketplus.com.au/event/haschha-sydney-2

लेखक : मदन राज सिग्देल