Saturday, February 29, 2020
Home > General News > भी एफ यम अन साइट बिच सेफ्टी वर्कशप

भी एफ यम अन साइट बिच सेफ्टी वर्कशप

लुक्ला टिभी-

हरेक बर्ष अस्ट्रेलियाको पानीले थुप्रै नेपालीको ज्यान लिने गर्दा जनचेतनाका लागि युवाहरुको समूह भी एफ यमले टामारामा समुन्द्र तटमा पुन एकपटक यही ज्यानवरी १३ बिहान १० बजे अन साइट बिच सेफ्टी वर्कशप संचालन गर्ने भएको छ ।

गत नोभेम्बर २६ मा संचालन गरिएको एक दिने सेफ्टी वर्कशपमा सक्रिय रुपमा सहभागिता भएको हुदा पुन एकपल्ट भी एफ यमले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । अस्ट्रेलियाको समुन्द्री तटहरुमा जादा अपनाउन पर्ने सुरक्षाका बारेमा उक्त वर्कशप केन्द्रित रहने छ ।

भी एफ यम सदस्य तथा अन्तरास्ट्रिय नेपाली बिधार्थीका लागि उक्त प्रोजेक्ट उपलब्ध रहेको छ । कार्यक्रममा सहभागी हुन ५ डलरको दर्ता शुल्क लाग्ने छ भने दर्ता संगै निशुल्क खानाको समेत व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *