Wednesday, February 26, 2020
Home > World News > मलेसियामा ६० वर्षे सरकार ढल्यो,९२ वर्षीय महाथिर मोहम्मदलाई बहुमत

मलेसियामा ६० वर्षे सरकार ढल्यो,९२ वर्षीय महाथिर मोहम्मदलाई बहुमत

एजेन्सी २७ वैशाख । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन) लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् ।

निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११३ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् ।

बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन ९यूएमएनओ० १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । त्यसैको परिणाम हुनसक्छ यस चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले केबल ७९ सिट जितेको छ ।

महाथिर २ वर्षसम्म मात्रै प्रधानमन्त्री बन्नेछन् । त्यसपछि उनले अर्का नेता अनबर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नेछन् । इब्राहिम हाल यौन उत्पीडनको आरोपमा जेलमा छन् । उनलाई आममाफी दिलाउने र उप–निर्वाचन गराएर प्रधानमन्त्री पद हस्तान्तरण गर्ने महाथिरको योजना रहेको बताइन्छ ।

शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *