बीबीसी-
एशले टोपले जब साढे चार महिनाकी गर्भवती थिइन् तब उनलाई उनको बच्चा जिउँदो नहुने थाहा भयो । ‘यो सुनेर मेरा सबै सपनाका महल एकै पटक ढले,’ एशलेले ती यादलाई यसरी सम्झिन्छिन् ।
कुरा सन् २०१३ को हो जब एक डाक्टरले उनलाई उनको गर्भमा भएको बच्चाको विकास ठिक तरिकाले नभइरहेका कारण बच्न नसक्ने बताए ।
एशले उत्तरी आयरल्याण्डमा बस्ने भएकाले उनी गर्भपतन पनि गराउन सक्दिनथिन् । यहाँ गर्भपतन गैह्र कानूनी हो । आमाको ज्यान खतरामा हुँदा र उनको शारिरिक र मानसिक स्वास्थ्यमा गम्भीर खतरा भएमात्र यो देशमा गर्भपतन गराउन पाइन्छ ।
यो नियम उत्तरी आयरल्याण्डमा मात्र थियो । उनी भन्छिन्, ‘मैले यस्तो मानसिक तनाव झेल्नुपर्नेछ भनी विश्वास भइरहेको थिएन । मेरो बच्चाको मृत्यु हुँदै थियो तरपनि मैले उनी पूर्ण रुपमा समाप्त नभएसम्म गर्भमा राख्नुपर्दथ्यो ।’
यातनाको यात्राः
यातनाको यात्रा १५ हप्ताको रह्यो । यी १५ हप्तासम्म एशलेको पेट बढिरह्यो । मानिसहरुले उनलाई उनको जन्मिन लागेको बच्चा छोरा हो कि छोरी भनी सोध्न थाले । बच्चाले लात हान्छ कि हान्दैन भनेर पनि मानिसहरुले सोध्ने गर्दथे ।
एशले भन्छिन्, ‘यस्तो अवस्थामा सोच्नुहोस्, कस्तो लाग्छ होला । मलाई थाहा थियो मेरो बच्चा बच्दैन । मैले मानिसहरुलाई के उत्तर दिन्थें । जसरी भए पनि यो स्थिती चाँडै नै सुल्झियोस् भन्ने चाहन्थें । स्थिती निकै गाह्रो थियो । मेरो मनको एक भागले मेरो बच्चा चाँडै नै मर्नेछ भन्दथ्यो, आखिर यस्तै हुनु थियो ।’
अन्त्यमा जब एशले १५ हप्ताको गर्भवती थिइन् तब उनलाई निकै पीडा भयो र बच्चाको मुटुको धड्कन रोकियो । एशले भन्छिन्, ‘त्यो दिन मेरो लागि निकै सन्तुष्टिको दिन थियो ।’ एशले र उनका श्रीमानले बच्चाको नाम केटी राखेका थिए ।
पुनः आमा बनिन् एशलेः
केही समयपछि एशले पुनः आमा बनिन् । यतिबेला उनकी छोरीको उमेर १ पुगेको छ । अब एशले र उनका श्रीमती गर्भ र गर्भपतनसँग जोडिएका नियममा परिवर्तन होस् भन्ने चाहन्छन् ।
एशले भन्छिन्, ‘मानिसहरुलाई मैले आफ्नो दुःख बारे यसकारण भनिरहेको छु ता कि उत्तरी आयरल्याण्डको नियममा परिवर्तन होस् ।’
यद्यपी उनी अब आफ्नी छोरीको आगमनसँग पुरानो दुःखलाई बिर्सिसकेकी छिन् तब उनी कम्तिमा पनि उत्तरी आयरल्याण्डसँग जोडिएको नियममा परिवर्तन आओस् भन्ने चाहन्छिन् ।