नेपाली सेनाका रत्नजित तामाङ्ग र भोजपुरका बिकास श्रेष्ठ सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन्।
खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा नेपाली नम्बर एक खेलाडी रत्नले प्रहरीका जीवन आचार्यमाथि प्रभावशाली जित दर्ता गरे। उनले जीवनलार्इ २१–८, २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
यस्तै, पूर्व राष्ट्रिय च्याम्पियन बिकासले पुलिसकै बिष्णु कटुवालमाथी २१–१९, १४–२१ र २–१ जित निकाल्दै सेमिमा स्थान बनाए। एक एकको बराबरी खेल पश्चात निर्णायक खेलमा बिष्णु पेट दुखेको महसुस गरि रिटायर्ड हर्ट भए पछि बिकासले विजेता घोषित भएका थिए।