Saturday, February 29, 2020
Home > General News > सडकमा रात काट्दै ज्याकी च्यानकी छोरी

सडकमा रात काट्दै ज्याकी च्यानकी छोरी

एजेन्सी – प्रख्यात एक्सन स्टार ज्याकी च्यानकी छोरी एट्टा निङले आफू घरबार विहीन भएको र हङकङको सडकमै जीवन गुजारा गरिरहेको बताएकी छिन्।

१८ वर्षीया समलिंगी एट्टाले आफ्नो गर्लफ्रेण्ड एन्डी अटमसँगको छोटो भिडियो युट्युबमा राखेकी छिन् जहाँ दुवै जना पूलमुनि बसिरहेक देखिन्छन्।

उनले होमोफोबिक अभिभावकले गर्दा नै आफ्नो हालत यस्तो भएको बताएकी छिन्, जो समलिंगीप्रति नकारात्मक धारणा राख्छन्।

‘हामीले कहिले पुलमुनि रात काट्यौं त कहिले अस्पताल पुग्यौँ, समलिंगी सामुदायिक सेल्टरमा पनि गयौँ तर यस्तो हालत देख्दा पनि अभिभावकलाई हाम्रो मतलब छैन’, एट्टाले भनेकी छिन्। छोरीको यस्तो खबर बाहिर आएपनि ज्याकीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

एट्टाले यसअघि सन् २०१५ मा आफू ज्याकी च्यानकी छोरी भएपनि उनी बाबुको रुपमा आफ्नो जीवनमा नरहेको दावी गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘उनी मेरो जीवनमा कहिल्यै थिएनन्, उनलाई म बुबाको रुपमा कहिल्यै लिने छैन।’

एजेन्सी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *