लुक्ला टिभी –
नेपालमा लामाे समयदेखि ब्यापक छलफल र बिचार बिमर्शपछि नयां शक्ति पार्टि र संघिय समाजबादि पार्टि बिच एकिकरण भए पश्चात “समाजबादि पार्टि नेपाल” निर्माण गरिए संगै देश एबं प्रबाशमा रहेका त्यस पार्टिसँग आबद्ध संघ संस्थाहरुकाे पनि एकिकरण हुने प्रकृया अगाडी बडिरहेकाे सन्दर्भमा अष्ट्रेलियामा रहेका दुबै पार्टिकाे भगिनी संस्था INS Australia र NEFESO Australia हरु बिच पनि एकता गर्ने सन्दर्भमा त्यससँग आबद्ध पदाधिकारिहरु बिच बिभिन्न चरणमा छलफल गरि अन्तत एकिकरण प्रकृयालाई टुंगाे लगाई संसथाकाे नाम “नेपालि समाज अष्ट्रेलिया” निर्माण गरिएकाे छ ।
पार्टिले अबलम्बन गरेकाे चार स – संधियता ,सुशासन,समृद्धि र समाजबादकाे नितिलाई अनुसरण गर्दै संघिय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपालि समाजमा बिध्यमान जातिय बर्गिय लैंगिक र क्षेत्रीय असमानता बिभेद र शाेषणकाे अन्त गरि संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालका संबृद्धिकाे लागि यस सस्थाले भुमिका निर्वाह गर्नेछ भन्ने प्रतिबद्धता जाहेर समेत गरेको छ । साथै अष्ट्रेलिया र अष्ट्रेलियन समुदाय प्रती पनि सहकार्य तथा जिम्बेवार बोध गर्दै र यहाँ रहेका नेपालि समुदायका हरेक दुख सुखमा बिभिन्न नेपालि संघ संस्थाहरु संग सहकार्य गर्दै उनिहरुकाे सहयाेगकाे लागि निरन्तर लागि परिरहने जानकारी समेत गरिएको छ ।
बिचार र शक्ति अनि शक्ति र बिचार एक अर्काका पुरक हुन यद्यपि निर्णायक कुरा बिचार नै हुनु जिकिर गर्दै INS अस्ट्रेलिया अध्यक्ष सुबान चाैलागाई तथा NEFESO अस्ट्रेलिया अध्यक्ष गणेश तमांगद्वारा जारि बिज्ञप्तिमा सत्य के हाे भने हाम्राे जस्ताे रूडिबादी समाजमा शक्ति बिना बिचार सुन्दै नसुन्ने प्रबृति पनि त्यत्तिकै हाबि भएको जिकिर गरिएको छ । यस संस्थाको पनि प्रयत्न शक्ति सन्तुलन बनाउदै गएर जनसमुदायलाई कलात्मक रुपले आफुतिर आकर्षित गर्ने क्षमता हुनु पर्ने हुदा नब उदारवादी र राज्यनियन्त्रित समाजबाद दुबैकाे असफलता बिच पार्टिले अबलम्बन गरेकाे सामाजिक बजार अर्थतन्त्रमा आधारित एक्काईसाैं शताब्दि सुहाउदाे समुन्नत समाजबादलाई आदर्श मानि त्यसै अनुरूप नेपालि समाज परिबर्तनकाे दिशामा अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दै दुबै संस्थाबिच 21st Sept 2019 मा “ऐतिहासिक समायोजन् घोषणा सभा 2019 “ घाेषणा गर्दै एकता प्रकृयालाई पूर्णता दिइने जानकारि गरिएको छ ।
कार्यक्रमलाइ पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्बोधन गर्नेछन् ।