Saturday, February 29, 2020
Home > General News > सम्भावनाहरुको खोज गर्नुहोस् “Explore The Possibilities”

सम्भावनाहरुको खोज गर्नुहोस् “Explore The Possibilities”

लुक्ला टिभी-

जीवनका हरेक लक्ष्य सोचबाट सुरु हुन्छ । जीवनमा सम्भावनाहरुको खोजि गर्न रोकिनु हुदैन । यदी अरुले गर्न सक्छन् भन्ने आफैले गर्न किन सकिदैन ? तपाईको यस्तै सोच र प्रश्नको जवाफ संगै प्रेरणामुलक कार्यक्रम लिएर थ्राइभिंग सोच आइपुगेको छ ।

थ्राइभिंग सोचको आयोजना तथा यस स्टडी वोर्ल्डको प्रस्तुतिमा यही सेप्टेम्बर १३ वेस्ली कन्फेरेन्स सेन्टर सिड्नीमा Explore The Possibilities – If I can, so can you नामक कार्यक्रमको आयोजना गरिएको छ ।

लाइफ कोच तथा ट्रेनर सौनक भट्ट, Tootle.today का सी इ ओ तथा सह-संस्थापक सिक्षित भट्ट, Khaalisisi.com कि सी इ ओ तथा संस्थापक आयुशी के सी, कलाकार तथा मनोरन्जनकर्ता नट्टू शाह, क्याप्कनका सी इ ओ तथा संस्थापक ड़ा किरण थापा, युथ लिडर विजय सापकोटा तथा फ्लिम मेकर सबिन ज्ञवाली लगाएतका व्यक्तिहरुले जीवनका सफलताका कडीसंगै सकारात्मक दिशानिर्देश गर्न सहयोगी भूमिका खेल्नेछन् ।

www.tnia.com.au मार्फत कार्यक्रमको टिकेट खरिद गर्न सकिने छ । कार्यक्रमलाइ प्यासिफिककै सबैभन्दा ठुलो नेपाली युवा सम्मेलनका रुपमा पनि प्रचार गरिएको छ ।  कार्यक्रम साँझ ३ बजे सुरु हुनेछ भने १० बजे समापन हुने आयोजकको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *