Saturday, February 29, 2020
Home > General News > सल्यान ढोरचौर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले

सल्यान ढोरचौर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले

लुक्ला टिभी-

सल्यानको ढोरचौर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्र बहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बन्नुभएको हो । उहाँले १ हजार ९ सय २५ मत प्राप्त गर्नुभएको थियो भने माओवादी केन्द्रका नरविर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्ष जित्नुभएको छ । उहाँले १ हजार ९ सय ४६ मत प्राप्त गरीन भने प्रतिद्वन्द्वी बुढाथोकीले १ हजार ५ सय ९९ मत प्राप्त गर्नुभयो ।

५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्वर १ र २ माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए । ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरीएको छ । नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी हुनुभयो ।

अध्यक्ष बाहेक सवै वडाहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए । ९ स्थानिय तह मध्ये बाँकी ७ वडामा तीनमा माओवादी केन्द्र, दुईमा एमाले, एकमा नेपाली कांग्रेस र एकमा राप्रपाले अग्रता कायम गरेका छन् ।

जिल्लाभरी ३५ वडाको नतिजा सार्वजनिक, जसमा माओवादी १५ एमाले १२ र कांग्रेसको ८ वडामा जित

माआवादी केन्द्रले जितेका वडाहरु

  • कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
  • ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
  • ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
  • दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
  • दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा पुरै प्यानल विजयी
  • बागचौर नपा ११ मा मोहन खड्काको पुरै टिम
  • बागचौर नपा १२ मा दिपक वलीको पुरै टिम
  • छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पुरै टिम
  • कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पुरै टिम
  • रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पुरै टिम
  • दार्मा  गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पुरै टिम
  • दार्मा गाउपालिका ३ मा शक्ती बहादुर रोकाय सहित पुरै टिम
  • वनगाड कुपिण्डे २ मा प्रतिमल रोका सहित पुरै टिम
  • वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पुरै टिम
  • दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पुरै टिम

नेकपा एमालेले जितेका वडाहरु

  • शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
  • शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको  टिम
  • शारदा नगरपालिका ३बाट टोप बहादुर थापा
  • त्रिवेणी १ मा छवि केसीको पुरै टिम
  • ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकीको पुरै प्यानल
  • बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पुरै टिम
  • बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी
  • दार्मा गापा १ मा कवि कुमार चन्द सहित पुरै प्यानल
  • छत्रेश्वरी गाउपालिका ३ मा राज बहादुर बुढाथोकी सहित पुरै प्यानल
  • ढोरचौर गाउपालिका ५ मा नन्दलाल बोहरा सहित पुरै प्यानल
  • कालिमाटी गाउपालिका ५ मा चन्द्र बहादुर गाहा सहित पुरै टिम
  • कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरी सहित पुरै प्यानल

नेपाली काँग्रेसले जितेका वडाहरु

  • वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
  • छत्रेश्वरी गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
  • कालीमाटी गाउपालिका ७ मा नयन सिहं रानाको पुरै प्यानल विजयी
  • त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
  • शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
  • कपुरकोट गाउपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
  • शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम
  • ढोरचौर गाउपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *