Wednesday, February 26, 2020
Home > Education > सामाजिक कार्यका लागि च्यारिटी गाला, श्वेता खड्का, कुलमान घिसिङ्ग र सबिता उप्रेती अस्ट्रेलिया आउदै

सामाजिक कार्यका लागि च्यारिटी गाला, श्वेता खड्का, कुलमान घिसिङ्ग र सबिता उप्रेती अस्ट्रेलिया आउदै

लुक्ला टिभी-

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, न्यू साऊथ वोइल्स कमिटीलेले श्वेता खड्का, कुलमान घिसिङ्ग र सबिता उप्रेतीको साथमा अन्तरक्रियात्मक च्यारिटी गाला डिनर नामक कार्यक्रमको आयोजना गरेको छ ।

एन आर एन ए अस्ट्रेलिया एन यस डब्लु यस सी सीले काठमाडौँमा अक्षमका लागि बिशेष बिद्यालय तथा पुनर्स्थापना सेन्टरको सहयोगार्थ फन्ड राइजिङ्ग च्यारिटी गाला डिनरको आयोजना गर्न लागेको हो । कार्यक्रमबाट उठेको केहि रकम गैर आवासीय नेपाली संघको सामाजिक कल्याणकारी कोषमा समेत जम्मा गरिने छ ।

कार्यक्रम यही मे २६ इन्द्रेणी फंग्संग सेन्टर रक्डेल सिड्नीमा साँझ ६ बजेदेखि सुरु हुने च्यारीटी गाला डिनरका कार्यक्रम उप संयोजक दिपक पहारीले रक प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

पहरीकाले कार्यक्रमबाट बचेको रकम निन्तान्त सामाजिक कार्यमा संस्थाको सामाजिक कल्याणकारी कोषमार्फत खर्च गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । उनले उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त, कर्मठ, लगनसिल तथा कर्तव्यनिष्ठा कर्मचारी बिधुत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ, सामाजिक अभियन्ता, नेपाली प्रख्यात नायिका श्वेता खड्का र नेपालका अशाय बच्चा बच्चीहरुलाई एक छुटै स्कूल ( Special school for disabled and Rehabilitation Center (SSDRC)) स्थापना गरी सामाजिक कार्य गर्दै आएकी उक्त संस्थाकी अध्यक्ष सविता उप्रेतिको विशेष उपस्थिति र अन्तरक्रिया रहने जानकारी दिएका छन् । उप्रेतीको संस्थालाई यस कार्यक्रम बाट बचेको आधा रकम सहयोग स्वरुप उपलब्ध गराइने समेत पहरीले जानकारी दिए ।

च्यारीटी गाला डिनरको कार्यक्रम संयोजकमा सन्ध्या शाह रहेकी छिन् । नँया नेपाल निर्माणका लागि निकै ठुलो भूमिका खेलेका नेपाल आमाका सन्ततिका साथमा एउटा साँझ बिताउदा र त्यो यात्रामा सहकार्य गर्दा साच्चैनै पुण्यको काम हुने शाह बताउछिन् । बि स २०२७ सालमा रामेछापमा सामान्य किसानको छोरोको रुपमा जन्मी Bachelor of Electronic Engineering गरेर बिधुत प्राधिकरणमा सातौ तहबाट कर्मचारीको रुपमा सेवा गर्दै पुलचोकबाट Master in Electronic Engineering गरी सन् २०१६ सेप्टेम्बरबाट कुलमान घिसिङ्ग बिधुत प्राधिकरणका महाप्रबन्धकमा नियुक्ति भएका थिए । देशमा १८ घन्टा लोडसेडि‌ङ भइरहेको अवस्थामा उक्त पदमा पुगेका कुलमानले “Energy saving is Energy generating ” हो भन्दै देशमा रहेको लोडसेडि‌ङ हटाउने, आन्तरिक प्रशासनलाई सुधार गर्दै, बिधुत चोरी नियन्त्रण, जनगुनासोलाई ब्यबस्थापन, नयाँ प्रविधिका साथ प्राधिकरणको आफ्नै App र payment system शुरु गर्ने, पुरै घाटामा रहेको प्राधिकरण लाई नाफामा लैजाने काम, नयाँ मिटर जडान सहजिकरण, बिधुत क्षमता बढाउने आदी काम गरी बिभिन्न राष्ट्रीय पदबाट सम्मानित ब्यक्तित्व हामी बिदेशमा बसेर पनि प्रत्यक्ष भेटेर तथा छलफल गरी सम्मान गर्न पाउने सुअवसर NRNA Australia NSW SCC मार्फत मिल्ने शाहले जिकिर गरेकी छिन् ।

नेपालको चर्चित कलाकार, सामाजिक अभियन्ता तथा नायिका श्वेता खड्का हाल निकै चर्चामा रहेकी छन् । छोटो समयमानै आफ्ना प्रिय पति श्रीकृष्ण श्रेष्ठको निधनले मर्माहित भए पनि सम्पूर्ण दुःख र पीडालाई थमथमाएर हिम्मतका साथ धेरैनै सामाजिक काममा सक्रिय एक महिला हुन । एक महिलालाइ परेको ठुलो बज्रपात भएतापनि तत्कालिन समयमा गएको महाभूकम्पको प्रवाहलाई केही हदसम्म कम गर्ने इच्छाका साथ चौतारा सागाचोक गढी नगरपालिका १४ भिमटार माझी बस्तीमा श्वेता-श्री फाउन्डेसन अन्तर्गत ५३ घर र सौचालय गरि करीब ७ लाख प्रतिघर को लागतमा तयारी गरीएको छ । गैर आवासीय नेपाली संघ अस्टेलिया, न्यू साऊथ वोइल्स कमिटीका स्टेट कोओडीनेटर नन्द गुरुङ भन्छन् “आटे के पुग्दैन, गरे के हुदैन भन्ने उदाहरण श्वेता एक नारीबाट प्रमाणित भएको छ । हो तिनै महीला जो प्रत्येक महीलाको लागी उत्प्रेरक हुन सक्छिन् तिनैलाई हामी विदेशमा बसेर एक पटक भेट्ने र संघर्षका काहनी सुन्ने र सम्मान गर्ने मौका NRNA Australia NSW SCC मार्फत मिल्ने भएको छ ।”

नेपाल जस्तो बिकासन्मुख देशमा कति यन जि यो होलान, कति आई यन जि यो , हामीलाई स्वभाविक रुपया पनि लाग्न सक्छ सबैले सामाजिक कार्य नै गरेका छन त? २०१० तिरको समयमा अपाङ बच्चा बच्चीहरुकाे कष्टकर जिवन देखेर तिनीहरुलाई पनि सर्वसाधारण जस्तै बाच्ने अधिकार छ भन्ने सोचेर शुरुका दिनमा जम्मा दुईटा बच्चाहरु जो अपाङ (Autistic) थिए तिनिहरुको रेखदेख गर्ने उदेश्यका साथ दोलाखामा जन्मिएकी सविता उप्रेती ले एउटा बिशेष स्कूल(SSDRC) स्थापना गरी नेपाल जस्ताे देशमा पनि एक उदाहरणीय काम गरेकी छिन । प्रेस बिज्ञप्तिमा लेखिएको छ” हाल २६ कर्मचारी र ४५ बच्चा बच्ची लाई सेवा गर्दै आएकि उनै सविता उप्रेतीको काहनी, सुरुका दिनका कठिनाइहरुलाई नजिकबाट सुनेर बुझ्ने र सम्मान गर्ने अवसर NRNA Australia NSW SCC मार्फत मिल्ने भएको छ ।”

कार्यक्रममा नेपालबाट आएका अतिथिहरुको बिशेष प्रस्तुति, लोकल कलाकारको प्रस्तुति, स्टेट अवार्ड साथै बिभिन्न ब्यक्तिहरुलाई सम्मान पत्र पनि प्रदान गरीने बुझिएको छ । कार्यक्रमलाइ बाबा एजुकेसन कन्सल्टेन्सी तथा आर के यस अस्ट्रेलियाले बिशेष सहयोग पुर्याएको छ । कार्यक्रमको रेड टिकेट मूल्य १०० डलर तथा ब्लु टिकेट मूल्य ७० तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *