Wednesday, February 26, 2020
Home > Entertainment > सिडनीमा दोस्रो पटक मनाईदैछ थारु माघी पर्व

सिडनीमा दोस्रो पटक मनाईदैछ थारु माघी पर्व

लुक्ला टिभी –
थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने भएको छ। जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते ) थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यण चौधरी ले जानकारी दिए ।

न्यु साउथ वेल्सको टेम्पेपार्कमा जनवरी १५ मा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले जानकारी दिएका छन् ।

गत बर्ष संस्थाका अध्यक्ष दीपनारायण चौधरीको अध्यक्षतामा आयोजित ऐतिहासिक पहिलो माघी मेला भब्यताका साथ सफल पारिएको थियो ।
थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको अफिसर चौधरीले जनाएको छ ।

पौष महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड हो ।
२४ औं विश्व आदिवासी दिबसको अवसर पारेर ९ अगस्ट ,२०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाईटी सिडनी अष्ट्रेलिया गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *