Saturday, February 29, 2020
Home > Entertainment > सिड्नीका नेपाली बीच नँया सोचका साथ ब्लाइन्ड डेट शो

सिड्नीका नेपाली बीच नँया सोचका साथ ब्लाइन्ड डेट शो

लुक्ला टिभी-

रेड ब्याम्बो डिजिटलको प्रस्तुति तथा खत्री प्रडक्सन टिम सिड्नीको सहकार्यमा OASIS एजुकेसन ब्लाइन्ड डेट शो सिजन १ छिट्टै संचालन गरिने भएको छ ।

केहि रमाइला पल, केहि खेल, मनोराजनात्मक गतिबिधि र मायाको सम्मिस्रण रहने उक्त कार्यक्रम रेकर्ड गरिने छ र युटुब मार्फत सार्बजनिक गरिने छ । केहि फरक गर्ने सोचका साथ उत्पादन गर्न लागिएको उक्त कार्यक्रमको लागि फारम भरेकामध्यहरु बाट बोलाइने छ भने सम्पूर्ण सहभागीहरु आयोजक तथा अन्य सहभागीसंग अपरिचित हुनेछन् । कार्यक्रमको माध्यमबाट उनीहरुको भेट हुनेछ र कतिको मन एकअर्कासंग मिले प्रेमी पनि बन्न सक्नेछन् । यो कार्यक्रम बिशेष गरि सिंगल केटा तथा केटिको लागि रहको छ ।

कार्यक्रमलाइ OASIS एजुकेसनले प्रयोजन गरेको छ भने हस्पिटालिटी पार्टनरमा द नेप्लिज सेफ, अन्तरास्ट्रिय हस्पिटालिटी पार्टनरमा द इन्ट्रान्स क्याफे एंड कफी क्लाउड क्याफे रहेका छन् । कार्यक्रमलाई 12D सिनेमाले सहयोग गरेको छ भने मिडिया तथा प्रोमोस्नल पार्टनरमा अमृत, पोखरा, पिपुल्स डेली नेपाल तथा काम कोठा रहेको छ । उत्पादन टोलीले हार्लि गुर्खाज ग्रुपलाइ बिशेष धन्यवाद ज्ञापन गरेको छ ।

आजकल फेसबुकमा धेरै कन्फेसनहरु देखिने हुदा केहि अपरिचितलाइ एउटा सेटबाट मिलाउनेपनि कार्यक्रमको प्रयास रहेको छ । येदि कसैको जोडी मिलेको खण्डमा त्यसपछि उनीहरुको समन्धका बारेमा आयोजक जिम्मेबार नहुने बताइएको छ । भाग लिन चाहने प्रतियोगीका लागि सेप्टेम्बर १ देखि फारम वितरण सुरु गरिने छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजकका तर्फ़बाट बिबेक जंग खत्रीले लुक्ला टिभीलाइ जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *