Saturday, February 29, 2020
Home > General News > सिड्नीमा २५औ अन्तरास्ट्रिय आदीवासी दिवस

सिड्नीमा २५औ अन्तरास्ट्रिय आदीवासी दिवस

लुक्ला टिभी-

नेपाली आदीबासी जनजाति मञ्च अष्ट्रेलियाको आयोजनामा २५औ अन्तरास्ट्रिय आदीवासी दिवस यही अगस्ट १७ मराना अडीटोरियम हर्सभिल सिड्नीमा मनाइने भएको छ ।

नेपाल आदिबासी जनजति महासंघका महासचिब नित्यानन्द ताजपुरिया बिशेष बक्ता रहने उक्त कार्यक्रममा चर्चित गायक जीवन बोम्जन तामांङ् नेपालदेखि अस्ट्रेलिया आएर सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गर्ने नेपाली आदीबासी जनजाति मञ्च अष्ट्रेलियाका सचिब लील बहादुर गुरुङले लुक्ला टिभीलाइ जानकारी दिएका छन् ।

भिजन फर मोटिभेसन इवेन्ट पार्टनर रहेको उक्त कार्यक्रमको टाइटल स्पोन्सरमा नेप्कम्स सर्भिसेज रहेको छ । कार्यक्रमको प्रवेश निशुल्क रहेको छ । कार्यक्रमलाइ सफल बनाउन विभिन्न सामुदायिक संघ संस्थाको सहकार्य रहेको गुरुङले बताए । आयोजकको तर्फ़बाट उनले सम्पूर्ण सिड्नीबासिलाइ कार्यक्रमको उपस्थित हुन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा विभिन्न जातीय संघसंस्थाहरुले आफ्नो कला तथा संस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *