Saturday, February 29, 2020
Home > General News > ५ वर्षमा ४४ हजार नेपाली महिला विदेशिए

५ वर्षमा ४४ हजार नेपाली महिला विदेशिए

लक्ष्मी कुमारी चौधरी –  वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको पाइएको छ ।  सुरक्षित आप्रवासन परियोजना (सामी)काे तथ्याङ्क अनुसार बितेका पाँच वर्षमा १८ जिल्लाबाट ४४ हजार चार सय ९२ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७०/७१ मा मात्रै १५ हजार दुई सय ५३ जना महिला रोजगारीका लागि विदेश गएका सामीले जनाएको छ ।

झापाबाट सबैभन्दा धेरै नौ हजार चार सय ५४ जना महिला विदेश गएका छन् । झापापछि सिन्धुपाल्चोकबाट आठ हजार ६९ जना महिला पाँच वर्षको अवधिमा रोजगारीका लागि विदेशिएका सामीको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सुनसरीबाट तीन हजार आठ सय ४ जना, नुवाकोटबाट तीन हजार पाँच सय २७, नवलपारासीबाट दुई हजार आठ सय ५५, धादिङबाट दुई हजार दुई सय ९१, सिन्धुलीबाट दुई हजार एक सय १९, रामेछापबाट दुई हजार चार सय ३६ जना रहेका छन् ।

त्यस्तै, उदयपुरबाट एक हजार नौ सय ६६, कास्कीबाट एक हजार सात सय ७९, खोटाङबाट एक हजार छ सय ७६, दाङबाट एक हजार पाँच सय चार र सर्लाहीबाट एक हजार तीन सय २८ जना रोजगारीका लागि गएको तथ्याङ्कले देखाउँछ ।

सुदूरपश्चिमको कैलालीबाट पाँच सय ७४, धनुषाबाट तीन सय ६०, मोहत्तरीबाट तीन सय ३५, सप्तरीबाट दुई सय ५९ र सिरहाबाट सबैभन्दा कम एक सय ५७ महिला वैदेशिक रोजगारीमा गएका छन् ।

यो संख्या श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या हो । श्रम स्वीकृति बिना अवैधानिक बाटो भएर विदेशिने महिलाको संख्या पनि उत्तिकै बढिरहेको छ । यी १८ वटै जिल्लामा सुरक्षित आप्रवासन परियोजना लागु भएको छ ।

सुरक्षित आप्रवासन परियोजनाले सुरक्षित वैदेशिक रोजगारीमा जानेहरुका लागि सूचना, तालिम, न्याय तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २०१४ फेब्रुवरीबाट कैलालीमा पनि यो परियोजना सञ्चालन गरिएको छ । जिल्लामा परियोजना सञ्चालन भएदेखि अहिलेसम्म झण्डै ४५ हजार जनालाई प्रत्यक्ष रुपमा वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिइएको कैलालीमा परियोजना सञ्चालन गरिरहेको सिर्जनसिल समाजको सिर्जना९सिसिएस०ले जनाएको छ ।

चालु आर्थिक वर्षका ६ महिनामा मात्रै  ११ हजार दुई सय ९१ जनाले वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श दिएको परियोजनाका संयोजक दिपेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयोे ।

पछिल्लो समयमा बैदेशिक रोजगारी सम्बन्धी सूचना लिएर जानेको संख्या बढेको उहाँले बताउनु भयो । संयोजक भण्डारीका अनुसार पासपोर्ट बनाउने सबैलाई सुरक्षित आप्रवासन परियोजना ९सामी० अन्र्तगत सञ्चालित सूचना तथा परामर्श केन्द्रमा पठाएर सूचना दिने गरिएको छ ।

सिसिएस अन्र्तगत सामी परियोजनाले कैलालीका ७ गाविस, ४ नगरपालिका र १ उपमहानगरपालिकामा विभिन्न गाविस र समुदाय स्तरीय अभिमुखीकरण, घुम्ती शिविर, घुम्ति परामर्श सेवा मार्फत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचनाहरु प्रदान गरिरहेको सिसएसले जनाएको छ ।

Lukla TV
Lukla TV is only portal that disseminates politically unbiased news, interviews and events ; and delivers entertainments to Nepalese audiences worldwide. It’s mission is to preserve and promote nepalese culture for welfare of Nepalese living abroad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *