Saturday, February 29, 2020
Home > Entertainment > NRNAA-ICC(गैर आवासीय अन्तराष्ट्रीय समन्वय समिति ) मेम्बरको उम्मेदबारीका लागि NT बाट रानाभाटको नाम चर्चामा

NRNAA-ICC(गैर आवासीय अन्तराष्ट्रीय समन्वय समिति ) मेम्बरको उम्मेदबारीका लागि NT बाट रानाभाटको नाम चर्चामा

अमित ज्ञवाली / नर्दन टेरोटेरी
लुक्ला टिभी-

यति बेला गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (NRNAA) को २०१९-२०२१ को लागि नयाँ सदस्यता खुलिसकेको छ । नया सदस्यता प्रकृया केही लामो भएता पनि यसले दीर्घकालिनरुपमा अष्ट्रेलियामा रहेका NRNA हरुको एकिन डाटा संकलनमा सहयोग पुग्ने देखिन्छ ।

नया सदस्यता बन्ने सगसगै साथै धमाधम उम्मेदारी घोषणा गर्ने क्रमले अष्ट्रेलियाको NRNA चुनावी माहोल तातिएको अबस्था छ | यसै गरि लामो समय देखि अष्ट्रेलियाको उत्तरी राज्य (Northern Territory) लाई कर्म थलो बनाउदै यहाको समाजसग प्रत्यक्ष जोडिदै बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनु भएका कृष रानाभाट को नाम NRNA-ICC (ग़ैर आबासिय अन्तराष्ट्रीय समन्वय सदस्य )सदस्यको लागि चर्चामा छ।

यहाको स्थानीय संस्था NANT मा समेत काम गरि सकेका रानाभाट सफल उदधोषक तथा बर्तमान NRNAA Australia को केन्द्रीय सदस्य समेत हुन ।स्थानिय स्तरमा समेत उनि संसक्त र लोकप्रिय छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *